Market Closed

शिवम् सिमेन्टको आइपीओ पनि तिहारपछि खुल्दै, यसरी आउनेछ प्रिमियम भाउमा सेयर

09 Nov,2018
  • ipos_7_4_2_8_27_2018_10_26_36.jpg
नेपाली पैसा 
 
काठमाडौं : शिवम् सिमेन्टको आइपीओ तिहारपछि आउने भएको छ । कम्पनीले स्थानीय बासिन्दाका लागि आइपीओ बिक्री गरिसकेको छ । अब सर्वसाधारणका लागि खुला गर्ने अन्तिम तयारी भइरहेको कम्पनीको भनाई छ । शिवमले सर्वसाधारणका लागि आइपीओ जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ ।

स्थानीय बासिन्दाका लागि खुला गरिएको आइपीओ बाँडफाँट गत असोज १० गते बाँडफाँट गरिसकेको छ । शिवमले मकवानपुर जिल्लाबासीका लागि ८ लाख ८० हजार कित्ता आइपीओ बिक्री खुला गरेको थियो। बिक्री खुला गरिएको मध्ये २ लाख २४० कित्ता सेयर मात्र बिक्री भएको कम्पनीले जनाएको छ । कुल ६ लाख ७९ हजार ७६० कित्ता सेयर बिक्री हुन नसकेको देखिन्छ । 
 
शिवमले स्थानीयलाई प्रिमियभमा भाउमा प्रतिकित्ता ३ सय रुपैयाँका दरले आइपीओ बेचेको हो । सर्वसाधारणलाई पनि प्रिमियम भाउमै सेयर बिक्री गरिनेछ । तर सर्वसाधारणले भने प्रतिकित्ता ४०० रुपैयाँका दरले तिर्नुपर्नेछ । प्रतिकित्ता ४ सय रुपैयाँका दरले ४४ लाख कित्ता आइपीओ बिक्री खुला हुनेछ ।

यसमा स्थानीयले नकिनेको ६ लाख ७९ हजार ७६० कित्ता पनि थपिनेछ । यसर्थ, कुल ५० लाख ७९ हजार ७६० कित्ता सेयर सर्वसाधारणमा आउने देखिन्छ । कम्पनीले जारी पुँजी ४ अर्ब ४० करोड रुपैयाँको २ प्रतिशत स्थानीयलाई बेचेको हो । अब १०% सर्वसाधारणमा आउनेछ । 
 

Post Your Comment