Market Closed

इन्भेष्टमेन्टको ४०% लाभांश पारित गर्न आइतबार एजीएम, ब्रोकरको काम गर्ने, अरु पाए गाभ्ने

11 Jan,2019
  • nibl_12_25_2018_10_31_23.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपाल इन्भेष्टमेन्ट बैंकको ४०% लाभांश पारित गर्न आइतबार (पुस २९ गते) साधारण सभा बस्दैछ । सभामा बैंकले गत वर्षको नाफाबाट १८% बोनस र २२% नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजानेछ ।

बैंकले सहायक कम्पनी मार्फत सेयर ब्रोकरको सेवा प्रदान गर्ने प्रस्ताव पनि पेश गर्नेछ । अन्य कुनै बैंक तथा वित्तीय संस्था गाभ्न परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पनि छ ।
 
सभा राष्ट्रिय सभा गृहमा बिहान १० बजे सुरु हुनेछ । बैंकको आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । 
 
सभा प्रयोजनका लागि इन्भेष्टमेन्ट बैंकले पुस ११ गतेबाट सभा हुने दिनसम्म बुक क्लोज गरेको छ । यसर्थ, पुस १० गतेसम्म कायम सेयरधनीले यो लाभांश पाउनेछन् ।

हाल बैंकको चुक्ता पुँजी १० अर्ब ६४ करोड ५५ लाख ९९ हजार रुपैयाँ छ । प्रस्तावित बोनस सेयर वितरणपछि भने चुक्ता पुँजी १२ अर्ब ५६ करोड १८ लाख ६ हजार ८२० रुपैयाँ पुग्नेछ । 
 
 

Post Your Comment