Market Closed

बैंक र क्लियरिङ हाउस शनिबार खोल्नुपर्ने, राष्ट्र बैंकको आयो यस्तो निर्देशन

11 Jan,2019
  • nrb_1_11_2019_6_23_54.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपाल राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था र क्लियरिङ हाउसलाई पुस २८ गते शनिबार पूरै समय कार्यालय खोल्न निर्देशन दिएको छ । शनिबार सार्वजनिक विदा भए पनि राजस्व बुझ्ने सबै बैंकहरुको शाखा तथा एकाउण्ट पूरा समय खुला गर्न केन्द्रीय बैंकले निर्देशन दिएको हो । चेक सटही लगायतको काम गर्ने क्लियरिङ हाउसलाई पनि शनिबार खोल्न भनिएको छ । 
 
राजस्व दाखिलाका चेक क्लियरिङ गर्ने प्रयोजनका लागि नेपाल क्लियरिङ हाउसलाई समेत नियमित हिसाबले खोल्न निर्देशन दिएको हो । पुस मसान्तमा कर तिर्नेको चाप बढ्ने गर्छ । सोही कारण बैंक तथा वित्तीय संस्था र क्लियरिङ हाउस खुला राख्न भनिएको हो । 
 

Post Your Comment