Market Closed

माउन्टेन हाइड्रोको आइपीओ आइतबार बाँडफाटँ हुँदै, सबै आवेदकले पाउने

14 Mar,2019
  • ipos_8_5_2018_10_40_41.jpeg
नेपाली पैसा
 
काठमाडौं : माउन्टेन हाइड्रोको आइपीओ आइतबार (चैत ३ गते) बाँडफाटँ हुने भएको छ । सिद्धार्थ क्यपिटलका सूचना अधिकृत सन्दिप कार्कीका अनुसार बाँडफाटँ आइतबार बिहान १० बजे सिद्धाथको केन्द्रीय कार्यालय नक्सालमा हुनेछ ।
 
माउन्टेनले फागुन २३ देखि २८ गतेसम्म १०० रुपैयाँ दरको १८ लाख १६ हजार ११० कित्ता आइपीओ बिक्री गरेको हो । यसमा ३४ लाख २३ हजार ४१० कित्ताको लागि आवेदन परेको छ । ५० हजार ६७२ जनाले सेयर भरेका छन् । 
 
आइपीओ बिक्री गरेपछि माउन्टेनको चुक्ता पुँजी १ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ । माउन्टेनले पाँचथर जिल्लामा २१.६ मेगावाटको तल्लो हेवा खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
 
यसको कुल लागत ४ अर्ब २८ करोड १७ लाख ६ हजार ८३१ रुपैयाँ छ । यसैगरी, प्रति मेगावट लागत १९ करोड ८२ लाख २७ हजार १६८ रुपैयाँ छ । यसमा लगानी फिर्ता हुन ८।२७ वर्ष लाग्नेछ । डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि भने १०.७२ वर्ष छ ।

Post Your Comment