Market Closed

तारागाउँ रिजेन्सी होटेल्सलाई नेप्सेको २४ घन्टे स्पष्टीकरण पूर्जी

15 May,2019
  • taragaon-regency-hotel-ltd_3_2_5_29_2018_10_56_44.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेप्सेले तारागाउँ रिजेन्सी होटेल्सको सेयर कारोबार रोक्का गर्दै स्पष्टीकरण सोधेको छ । साधारण सभाका लागि बुक क्लोजको सूचना विलम्ब गरी उपलब्ध गराएको भन्दै स्पष्टीकरण सोधिएको हो ।

धितोपत्र बजार मूल्यमा असर पर्ने सूचना कम्तिमा एक साता अघि उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको भन्दै विलम्ब गर्नुको कारण सहित २४ घन्टे स्पष्टीकरण सोधिएको नेप्सेले बताएको छ । तारागाउँले बुधबार मात्रै साधारण सभा र बुक क्लोज सम्बन्धी सूचना सार्वजनिक गरेको थियो । 

Post Your Comment