घोडिघोडा लघुवित्तको आइपीओ शुक्रबार बाँडफाँट हुँदै

11 Jul,2019
  • IPO_6_23_2019_11_34_48.jpg
नेपाली पैसा
 
काठमाडौं : घोडिघोडा लघुवित्त वित्तीय संस्थाको आइपीओ शुक्रबार (असार २७ गते) बाँडफाँट हुने भएको छ । बाँडफाँट प्रभु क्यपिटलको कार्यालय कमलादी, काठमाडौैमा बिहान ९ः३० बजे हुने बिक्री प्रबन्धकले जनाएको हो । यसमा कुल ४९ लाख ९७ हजार १२० कित्ताका लागि आवेदन परेको छ । कुल २ लाख ९१ हजार ६५५ जनाले ४९ करोड ९७ लाख १२ हजार रुपैयाँ बराबरको सेयर आवेदन दिएका छन् । 
 
यस आधारमा कुल तथ्यांक हेर्दा माग भन्दा ४०.०८ गुणा बढी आवेदन परेको देखिन्छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १ लाख ३२ हजार ६०० कित्ता आइपीओ खुला गरेको हो । यसमध्ये ०.५% (१ हजार ३८० कित्ता) कम्पनीका कर्मचारी र ५% (६ हजार ६३० कित्ता) सेयर सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ । बाँकी १ लाख २४ हजार ५९० कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।
 
आइपीओबाट जम्मा भएको रकममध्ये ५० लाख रुपैयाँ कृषि क्षेत्र, ३२ लाख ६० हजार रुपैयाँ व्यापार व्यवसाय र ५० लाख रुपैयाँ लघु उद्यम कर्जामा उपयोग गरिने कम्पनीले जनाएको छ । घोडिघोडाले आइपीओ बिक्रीपछि चुक्ता पुँजी २ करोड ७६ लाख २५ हजार रुपैयाँ पुर्याउने छ ।
 
यसैगरी, आर्थिक वर्ष २०७६।७७ मा ३ करोड ३१ लाख ५० हजार र आव २०७७।७८ मा ४ करोड ६४ लाख १० हजार रुपैयाँ चुक्ता पुँजी पुर्याउने प्रक्षेपण गरेको छ । यस्तै, आव २०७६।७७ मा ७७ लाख ५९ हजार र आव २०७७।७८ मा १ करोड १९ लाख १७ हजार रुपैयाँ खुद नाफा कमाउने अनुमान छ ।

Post Your Comment