Market Closed

बैंक खातामा सीधै रकम पाउन र पठाउन सेवा दिने ३९ ब्रोकर चिन्नुहोस्

11 Jul,2019
  • nepse_ips_7_11_2019_8_19_12.jpg
नेपाली पैसा 
 
काठमाडौं : सेयर कारोबार गर्दा आइतबार (असार २२ गते) बैंक खाताबाटै पैसा राफसाफ हुन थालेको छ । सेयर किनेपछि बैंकबाटै भुक्तानी गर्न सकिने अनि बेचेको पैसा पनि सीधै बैंक खातामा जम्मा हुने प्रणाली सुरु भएको हो । यसअघि सेयर किन्दा मात्र अनलाइन भुक्तानी गर्न सकिने तर बेचेको पैसा भने स्वतः बैंक खातामा जम्मा नहुने व्यवस्था थियो । तर गत आइतबारबाट दुवै कारोबारको रकम बैंकमार्फत अनलाइन लिन र तिर्न सकिने भएको हो । तर यो सुविधा बिहीबारसम्म ३९ वटा ब्रोकर कम्पनीले मात्र उपलब्ध गराएका छन् ।

बाँकी ११ वटा ब्रोकर कम्पनीमा भने यो सुविधा छैन । हाल कुल ५० वटा ब्रोकर कम्पनी छन् । नेपाल क्लियरिङ हाउसको कनेक्ट आइपीएसमा ब्रोकरले ग्राहकको खाता कनेक्ट गराएपछि यो सेवा पाउन सकिन्छ । अब यी ३९ वटा ब्रोकरबाट सेयर कारोबार गर्दा चेक लिन वा दिन ब्रोकर कार्यालयसम्म धाउनुपर्ने झन्झट सकिएको छ ।



बाँकी ब्रोकर कम्पनीहरु मार्फत भने अहिलेसम्म खरिद गरेको रकम मात्र अनलाइन भुक्तानी गर्न मिल्ने सुविधा रहेको छ । ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटले अब छिट्टै बाँकी ब्रोकर कम्पनीहरु पनि पूर्ण रुपमा अनलाइन भुक्तानी प्रणालीमा जोडिने जानकारी दिएका छन् । ब्रोकरले आफ्ना ग्राहकलाई सेयर राफसाफ भएको एक दिनभित्र नगद भुक्तानी गर्नुपर्नेछ । 
 

Post Your Comment