Market Closed

लक्ष्मी बैंकको बिहीबारबाट २० लाख युनिट ऋणपत्र बिक्रीमा खुला हुँदै, १०% ब्याज

09 Oct,2019
  • Laxmi-bank-Ltd_1_4_24_2018_11_08_52_10_9_2019_8_37_16.jpg
नेपाली पैसा 
 
काठमाडौं :लक्ष्मी बैंकले बिहीबार (असोज २३ गते) देखि २० लाख युनिट (इकाई) ऋणपत्र बिक्री खुला गर्दैछ । यसमध्ये ८ लाख युनिट सर्वसाधारणका लागि खुला हुनेछ । सामूहिक लगानी कोषलाई ५% छुट्याएको छ । सामूहिक लागानी कोषहरुले कुल ४० हजार इकाई पाउनेछन् । बाँकी १२ लाख इकाई भने बैंकले आफ्नै पहलमा कर्पोरेट हाउस तथा अन्य संस्थाहरुलाई बेच्नेछ । यस ऋणपत्रमा वार्षिक १०% ब्याजदर पाइनेछ । 
 
बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्नेछ । न्यूनतम २५ इकाईदेखि अधिकतम १ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । बैंकले १० वर्ष अवधिको ‘१०% लक्ष्मी बैंक डिबेन्चर २०८६’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्नेछ । यो ऋणपत्रलाई रेटिङ एजेन्सी इक्रा नेपालले मध्यम खालको सुरक्षा जनाउने एलबीबीबी प्लस रेटिङ दिएको छ ।   
 
यो ऋणपत्रमा छिटोमा असोज २७ गते सम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा आवश्यक मात्रामा बिक्री नभएमा भने कात्तिक २२ गतेसम्म भर्न सकिनेछ । पछिल्लो समय बैंकहरुले अतिरिक्त पुँजी परिचालनका लागि ऋणपत्र जारी गर्ने क्रम बढेको छ । धितोपत्र बोर्डको व्यवस्था अनुसार कुल निष्कासित इकाईको ४०% ऋणपत्र अनिवार्य रुपमा सर्वसाधारणमा जारी गर्नुपर्ने हुन्छ ।
 
तर ऋणपत्रमा सर्वसाधारणको चासो भने निकै कम देखिएको छ । दोस्रो बजारबाट कारोबार गर्न उत्साह नदेखिएकाले पनि ऋणपत्रमा आवेदन दिनेहरु कम देखिएको विश्लेषण गरिंदैछ । यसमा सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । 

Post Your Comment