Market Closed

भारतमा १७ खर्बको राहत प्याकेज घोषणा, कोही पनि भोकै मर्नु नपर्ने

26 Mar,2020
  • sta_nes_3_26_2020_6_19_55.jpg
नेपाली पैसा
 
काठमाडौं : भारत सरकारले कोरोना भाइरसबाट प्रभावित मुलुकको अर्थतन्त्रमा सुधारका लागि १७ खर्ब भारतीय रुपैयाँ बराबरको आर्थिक सहायता कोष घोषणा गरेको छ । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले बिहीबार उक्त प्याकेजको घोषणा गरेकी हुन् । यो प्याकेज आप्रवासी मजदुर र सहरी–ग्रामीण क्षेत्रका गरिबीको रेखामुनि रहेका जनतालाई तत्कालको आवश्यकता पूरा गर्न उपयोग गरिने उनले बताइन् ।

हिन्दुस्थान टाइम्सका अनुसार अर्थमन्त्री ८ ठूला राहत प्याकेज अघि सारेकी छन् । किसान, महिला, वृद्ध तथा निर्माण क्षेत्रमा काम गर्ने मजुदर लगायतलाई समेत प्याकेजले सम्बोधन गरेको छ । यसैगरी, कोरोना प्रभावितलाई बिमा कार्यक्रम समेत अघि सारिएको छ । 

अब कुनै पनि नागरिक भोकै मर्नु नपर्ने पनि अर्थमन्त्रीले बताएकी छिन् । यो प्याकेज अन्तर्गत ५ किलो गहुँ वा चामल करिब ८० करोड मानिसलाई आगामी ३ महिनासम्म निशुल्क दिइने उनले घोषणा गरेकी छन् । 
 
साथै, किसानका लागि उक्त प्याकेजमा केही महत्वपूर्ण योजना पनि अघि सारिएको छ । अर्थमन्त्री सीतारमणले किसानको खातामा प्रत्येक महिना २ हजार भारतीय रुपैयाँ जम्मा गरिने बताएकी छिन् । ८ लाख ७० हजार किसानको खातामा अप्रिलको पहिलो सातामा यो किस्ता ट्रान्सफर गरिने उनको भनाइ छ । 
 
 

Post Your Comment