नेपाली पैसा
काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मटितेलको मूल्य वृद्धि गरेको हो । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ भाउ बढाइएको छ । यस्तै, डिजेल मट्तिेलमा प्रतिलिटर २ रुपैयाँका दरले भाउ वृद्धि गरिएको हो ।
अब पेट्रोलको मूल्य प्रतिलिटर १०१ रुपैयाँ र डिजेलको ८७ रुपैयाँ पुगेको छ । भारतीय आयल कर्पोरेसनले मूल्य बढाएको सूची पठाएपछि आयल निगमले पनि भाउ वृद्धि गरेको हो । एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको निगमको भनाई छ । मंगलबार राति १२ बजेदेखि नयाँ भाउ लागू हुनेछ ।