यतिबेला मुलुक चुनावमय बनेको छ । अहिले स्थानीय चुनाव सम्पन्न भएर धमाधम मतपरिणामहरु पनि सार्वजनिक भइसकेका छन् । राजनीतिक दलका कार्यकर्ताहरुलाई कुन ठाउँमा कुन पार्टीले जित्यो भन्ने उत्सुकता त छदैंछ भने आम सर्वसाधारण नगारिकलाई पनि कैतुहता उत्तिकै रहेको छ । यसैक्रममा अहिले सबैभन्दा धेरै चासो र चर्चा भने मुलुकको केन्द्रीय राजधानी काठमाडौं महानगरपालिकाको मेयरको मत परिणाममा रहेको छ । यसैगरी, सेयर बजारका लगानीकर्ता पनि चुनावी माहोलबाट अछुतो छैनन् । विशेषतः काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र (बालेन) शाहलाई सेयर बजारका कतिपय लगानीकर्ताहरुले खुलेरै समर्थन गरेका छन् । उनीहरु बालेनको चुनावी अभियानमा सक्रियरुपमा सहभागी भइरहेका छन् । सेयर बजारका लागनीकर्ताहरु चुनावी प्रचारप्रसारदेखि मतगणना जारी भइरहँदासम्म शाहको समर्थनमा खुलेरै लागेका छन् । विशेषगरी युवा पुस्तामाझ बालेन आइकन बनेका छन् ।
सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनमा भएको मूल्यवृद्धिसँगै भाडादर बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ । बढेको भाडादर बुधबार जेठ ४ गतेदेखिनै लागु हुनेछ । विभागका अनुुसार अन्तरप्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा यात्रुवाहकतर्फ ३.५ प्रतिशत भाडा बढेको छ । यस्तै, पहाडी बाटोमा गुड्ने मालवाहक सवारीसाधनमा ४.६ प्रतिशत र तराईका बाटोमा गुड्ने मालवाहक सवारीमा ५.१ प्रतिशत भाडा बढेको छ । सरकारले वैशाख ३१ गते अहिलेसम्मकै सर्वाधिक रकम (१० रुपैयाँ प्रतिलिटर) ले इन्धनको मुल्य बढाएसँगै सार्वजनिक सवारीसाधनको भाडा बढाइएको हो।
नेप्सेमा सूचीकृत १८ निर्जीवन बिमा कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । रिपोर्ट अनुसार बिमा कम्पनीहरुको प्रमुख आधार खुद बिमा शुल्क वृद्धि हुँदै गएको देखिन्छ । यसअवधिमा सबैभन्दा धेरै नाफा कमाउनेमा शिखर इन्सुरेन्स रहेको छ । खुद बिमा शुल्क आर्जनमा भने नेको इन्सुरेन्स सबैभन्दा अगाडि देखिएको छ । यता, राष्ट्रिय बिमा कम्पनीको पनि कतिपय प्रमुख सूचकहरुमा अब्बल अवस्था देखिएको छ । विशेषगरी चुक्ता पुँजी, जगेडा कोष, बिमा कोष र प्रतिसेयर आम्दानीमा राष्ट्रिय बिमा कम्पनी अगाडि रहेको छ । नाफा, बिमा शुल्क आर्जन लगायतको अध्ययन गर्दा यसको साथमा उक्त कम्पनीको चुक्ता पुँजी कति छ भन्ने तर्फ विशेष ख्याल गर्नुपर्ने हुन्छ । किन भने कति पुँजीबाट सम्बद्ध कम्पनीले कति नाफा गर्यो वा कति खुद बिमा शुल्क आर्जन गर्यो भनेर हेर्नुपर्ने हुन्छ । धेरै चुक्ता पुँजी भएको कम्पनीले रकमका आधारमा हेर्दा नाफा वा बिमा शुल्क धेरै देखिए पनि इपीएस, नेटवर्थ वा लगानीकर्ताले पाउने प्रतिफल कम हुन पनि सक्छ । हेरौं, अब कुन कम्पनीको अवस्था कस्तो छ ?
मार्जिन कारोबार कार्यविधि संशोधन : नीतिगत व्यवस्था सहज, व्यावहारिक जटि...
सेयर धितोमा अहिलेसम्म कति कर्जा प्रवाह भएको छ, ४–१२ को नीतिले कति गर्य...
दर्जनभन्दा बढी हाइड्रोपावर कम्पनीले निकाले वित्तीय विवरण, सबैभन्दा अब्...
ग्राहम नम्बर : भ्याल्यू स्टक पत्ता लगाउने बेन्जामिन ग्राहमको ‘फर्मुला’...
बैंकहरुको खराब कर्जाको अवस्था के छ ? कुनको कति तथ्यांकमा हेरौं
Who will win the largest number of local units in local level election?
5 Days 7 Hours 31 mins remaining
Ruling Coalition
UML
Others
2022-05-18
2022-05-17
2022-05-16
Venue:Virtual Zoom online
Organizer:CHHL
Venue:ADBL Central Training Center, Bode, Bhaktapur
Organizer:ADBL
Venue:Registered office, Birgunj, Municipality Ward no.1, Birta, Parsa
Organizer:HDL
Filter Stocks according to your requirement
Calculate net price of purchase/Sales when you buy/sell stocks
Calculate your expected profit before applying for your IPO
Calculate your loan limit based on shares you want to pledge at bank
© Copyright 2015-2020. All rights reserved by Nepali Paisa Media Pvt Ltd.
By using this site you agree to the Terms of Service.
Powered by:
Facebook
Twitter
Play Store
App Store
Youtube
Instagram
Viber