Market Closed

आँखुखोला जलविद्युतले अब कहिले गर्दैछ एजीएम ?

17 Jan,2020
  • agm_n_1_17_2020_1_25_05.jpg
नेपाली पैसा 
 
काठमाडौं : यसअघि कोरम संख्या नपुगेर स्थगित भएको आँखुखोला जलविद्युत कम्पनीले पुनः ११ औं र १२औं वार्षिक साधारण सभा माघ १४ गते डाकेको छ । कम्पनीले आर्थिक वर्ष २०७४–७५ र २०७४–७५ को सभा गर्न लागेको हो ।  यसअघि पुस २८ गते बोलाएको सभामा आवश्यक कोरम संख्या नपुगेपछि स्थगित भएको थियो । सभा नक्साल ब्यांकेट, काठमाडौंमा बिहान ११ बजे सुरु हुँदैछ ।

कम्पनीले सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने  १ महिला सहित २ जना सञ्चालकको चयन गर्ने मुख्य एजेन्डा राखेको छ । कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा सभामा पेश हुँदैछ । सभामा २ आर्थिक वर्षको वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । कम्पनीको रष्ट्रिर्ड कार्यालयको ठेगाना परिवर्तन गर्ने प्रस्ताव पनि छ । 
 
आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । सभा प्रयोजनका लागि आँखुखोला पुस १७ गते एकदिन बुक क्लोज गरिसकेको छ । पुस १६ गतेसम्म कायम सेयरधनी सभामा उपस्थित हुनेछन् । आँखुखोलाले लगानीकर्तालाई लाभांश प्रस्ताव भने गरेको छैन । 
 
 
 

Post Your Comment