काठमाडौं : अरुण भ्याली हाइड्रोपावरले ८.४२१% लाभांश घोषणा गरेको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट ८% बोनस सेयर र ०.४२१ % नगद लाभांश (कर प्रयोजनार्थ ) दिने निर्णय गरेको हो । कम्पनीको उक्त लाभांश विद्युत नियमन आयोग र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण हुनेछ ।
