Market Closed

अजोड इन्सुरेन्सले आइपीओ ल्याउन तोक्यो अण्डरराइटर

26 Jan,2020
  • ajod_insurance_1_26_2020_5_39_25.jpg
नेपाली पैसा 
 
काठमाडौं : अजोड इन्सुरेन्सले आइपीओ जारी गर्न ग्लोबल आइएमई क्यापिटल र कुमारी क्यापिटललाई प्रत्याभूतिकर्ता (अण्डरराइटर) नियुक्त गरेको छ । यससँगै कम्पनीको आइपीओ जारी प्रक्रिया थप अघि बढेको छ । अब कुनै कारणवश अजोडको आइपीओ बिक्री नभएमा ग्लोबल आइएमई क्यापिटल र कुमारी क्यापिटलले सकार्नेछन् । अजोडले आइपीओ बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटललाई नियुक्त गरिसकेको छ । 
 
प्रत्याभूतिकर्ता नियुक्ति सम्बन्धी सम्झौतापत्रमा आइतबार अजोड इन्स्योरेन्स लिमिटेड र ग्लोबल आइएमई क्यापिटल तथा कुमारी क्यापिटलबीच हस्ताक्षर भएको छ । कार्यक्रममा अजोड इन्सुरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री, ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकाल र कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजेश श्रेष्ठले हस्ताक्षर गरेका हुन् । 

अजोड इन्सुरेन्सको ३० करोड रुपैयाँको आइपीओमा एनआइबीएल एस बिक्री प्रबन्धक नियुक्त


Post Your Comment