Market Closed

आइपीओ आउन लागेको अजोड इन्सुरेन्सको नाफा ८७.८०% ले बढ्यो

29 Jan,2020
  • profit_imgme_1_29_2020_1_25_59.jpg
नेपाली पैसा
 
काठमाडौं : चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा अजोड इन्सुरेन्सले २ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । नाफा गत वर्षको भन्दा ८७.८०% धेरै हो । गत वर्ष यसले १ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद बिमा शुल्क ३४६% ले वृद्धि भएको छ । यसको सकारात्मक प्रभाव नाफामा पनि देखिएको हो । गत वर्ष ३ करोड ७६ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको यस कम्पनीले दोस्रो त्रैमासमा बढाएर १६ करोड ७७ लाख रुपैयाँ पुर्याएको छ । 
 
बिमा कोषमा आकार पनि बढाएर ४ करोड २१ लाख रुपैयाँ बराबरको पुर्याएको छ । गत वर्ष बिमा कोषमा ६१ लाख रुपैयाँ मात्र थियो । हाल अजोडको चुक्ता पुँजी ७० करोड रुपैयाँ छ । कम्पनीले यही पुँजीबाट ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आइपीओ ल्याउने तयारी गरिरहेको छ । यसका लागि बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटललाई नियुक्त गरिसकेको छ ।

यस्तै, ग्लोबल आइएमई क्यापिटल र कुमारी क्यापिटललाई पनि प्रत्याभूतिकर्ता (अण्डरराइटर) नियुक्त गरिएको छ । हाल अजोडको रिजर्भ कोषमा २ करोड ७९ लाख रुपैयाँ छ । अजोडले महाविपत्ति कोषका लागि पनि ५१ लाख रुपैयाँ छुट्याएको छ । यसको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ३१ पैसा र प्रतिसेयर नेटवर्थ ११० रुपैयाँ ७६ पैसा छ । 

अजोड इन्सुरेन्सले आइपीओ ल्याउन तोक्यो अण्डरराइटर

अजोड इन्सुरेन्सको ३० करोड रुपैयाँको आइपीओमा एनआइबीएल एस बिक्री प्रबन्धक नियुक्त


Post Your Comment