Market Closed

जीवन बिमा कम्पनीहरुको कस्तो छ प्रगति, प्रमुख सूचकमा कुन अघि ?

15 May,2022
  • profit_imgss_5_15_2022_7_55_53.jpg
इशारा कोइराला
 
काठमाडौं : सूचीकृत १२ जीवन बिमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक वित्तीय विवरण अनुसार समग्रमा जीवन बिमा कम्पनीहरुको खुद नाफा ४१.५०% ले घटेको छ । यसअवधिमा कम्पनीहरुको जगेडा कोष पनि घटेको छ भने खुद बिमा शुल्क र जीवन बिमा कोषको आकार भने बढेको छ ।

यसैबीच, बिमा समितिले जीवन बिमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब पुर्याउन निर्देशन दिएसँगै प्राइम, युनियन र गुराँस लाइफ इन्सुरेन्सले मर्जरमा जाने सहमति गरेका छन् । अब बिमा कम्पनीहरुले मर्जर वा हकप्रद र बोनस सेयरको माध्यमबाट पुँजी वृद्धि गर्नुपर्ने हुन्छ । पुजी वृद्धि र व्यवसाय विस्तारका लागि कम्पनीहरुले थप रणनीतिहरु तय गर्नुपर्ने देखिन्छ । अब हेरौं, कुन बिमा कम्पनीको अवस्था कस्तो छ ? 
 
जीवन बिमा कम्पनीहरुको चुक्ता पुँजी १५.८०% ले बढ्यो : सबैभन्द धेरै पुँजी नेपाल इन्सुरेन्सको

यसअवधिसम्म आइपुग्दा जीवन बिमा कम्पनीहरुको चुक्ता पुँजी समग्रमा १५.८०% ले बढेर ३५ अर्ब ५२ करोड ३ लाख ७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यिनीहरुको चुक्ता पुँजी ३० अर्ब ६७ करोड ३१ लाख ५६ हजार रुपैयाँ थियो । सबैभन्दा धेरै चुक्ता पुँजी नेपाल लाइफ इन्सुरेन्सको रहेको छ ।

यसको पुँजी १४% ले बढेर ८ अर्ब २० करोड ७९ लाख ६६ हजार रुपैयाँ पुगेको छ । यसअवधिमा १० कम्पनीको चुक्ता पुँजी बढेको छ भने रिलायन्स र सानिमा लाइफ इन्सुरेन्सको पुँजी भने गत वर्षकै यथावत रहेको छ । 

 
जीवन बिमा कम्पनीहरुको जगेडा कोष ११.५७% ले घट्यो : धेरै जगेडा कोष युनियन लाइफको
 
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा जीवन बिमा कम्पनीहरुको जगेडा कोष ११.५७% ले घटेर ६ अर्ब ४५ करोड ६८ लाख २९ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यिनीहरुको जगेडा कोषमा ७ अर्ब ३० करोड १७ लाख ६० हजार रुपैयाँ थियो ।

यसअवधिमा सबैभन्दा धेरै जगेडा कोष युनियन लाइफ इन्सुरेन्सको रहेको छ । यसको जगेडा कोष ४९.५४% ले बढेर १ अर्ब ९ करोड २७ लाख २७ हजार रुपैयाँ पुगेको छ । एक वर्षको अवधिमा ६ कम्पनीको जगेडा कोष बढेको छ भने ६ कम्पनीको जगेडा कोष घटेको छ । 

 
जीवन बिमा कोषको आकार २२.८३% ले बढ्यो : धेरै नेपाल लाइफको
 
समग्रमा जीवन बिमा कम्पनीहरुको बिमा कोषको आकार २२.८३% ले बढेर ३ खर्ब ७० करोड ७ लाख ३२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसको बिमा कोषमा ३ खर्ब १ अर्ब २८ करोड ७० लाख ७१ हजार रुपैयाँ पुगेको छ ।

यसअवधिमा सबैभन्दा धेरै बिमा कोषमा नेपाल लाइफ इन्सुरेन्सको रहेको छ । यसको बिमा कोषको आकार २१.८८% ले बढेर १ खर्ब ३१ अर्ब १६ करोड २७ लाख २१ हजार रुपैयाँ छ । एक वर्षको अवधिमा १२ वटै कम्पनीको बिमा कोषको आकार बढेको छ । 

 
जीवन बिमा कम्पनीहरुको खुद बिमा शुल्क ७.३६% ले बढ्यो
 
चैत मसान्तसम्म आइपुग्दा जीवन बिमा कम्पनीहरुको खुद बिमा शुल्क आर्जन ७.३६% ले बढेर ७८ अर्ब १७ करोड ५४ लाख ६४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीहरुको जीवन बिमा कोषमा ७२ अर्ब ८१ करोड ५२ लाख ८४ हजार रुपैयाँ थियो ।

यसअवधिमा सबैभन्दा धेरै बिमा कोष नेपाल लाइफ इन्सुरेन्सको रहेको छ । यसको बिमा कोषको आकार ४.१७% ले बढेर २५ अर्ब ९९ करोड ७९ लाख २ हजार रुपैयाँ पुगेको छ । यसअवधिमा गुराँस लाइफ इन्सुरेन्स बाहेक अरु कम्पनीको खुद बिमा शुल्क बढेको छ । 

 
जीवन बिमा कम्पनीहरुको नाफा समग्रमा ४१.५०% ले घट्यो : धेरै नाफा नेसनल लाइफको
 
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा समग्रमा सूचीकृत जीवन बिमा कम्पनीहरुको खुद नाफा घटेको छ । यसअवधिमा कम्पनीहरुको समग्र खुद नाफा ४१.५०% ले घटेर १ अर्ब ३१ करोड २३ लाख ५९ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष यसैअवधिमा समग्रमा जीवन बिमा कम्पनीहरुले २ अर्ब २४ करोड ३५ लाख १३ हजार रुपैयाँ खुद नाफा कमाएका थिए ।

यसअवधिमा सबैभन्दा धेरै नाफा कमाउनेमा नेसनल लाइफ इन्सुरेन्स रहेको छ । तथापि, अघिल्लो वर्षको तुलनामा यसको नाफा २०.७६% ले घटेर २५ करोड ५६ लाख ९ हजार रुपैयाँमा सीमित भएको छ । यसअवधिमा ५ कम्पनीको नाफा बढेको छ भने ६ कम्पनीको नाफा घटेको छ । नेपाल लाइफ इन्सुरेन्सको नाफा ऋणात्मक छ । 

 
प्रतिसेयर आम्दानीमा ज्योति लाइफ अगाडि
 
 सबैभन्दा धेरै प्रतिसेयर आम्दानी ज्योति लाइफ इन्सुरेन्सको रहेको छ । यसअवधिमा यसको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ०६ पैसाले बढेर ११ रुपैयाँ ३८ पैसा पुगेको हो । यसअवधिमा ६ कम्पनीको प्रतिसेयर आम्दानी बढेको छ भने ६ कम्पनीको घटेको छ । 

 

Post Your Comment