Market Closed

अपि पावर ३९.३६% हकप्रद अनुमति माग्न धितोपत्र बोर्डमा

22 Oct,2021
  • api-power-company-ltd_5_14_2018_10_44_47_2_22_2021_3_59_15_10_22_2021_2_31_41.jpg
नेपाली पैसा  

काठमाडौं  : अपि पावर कम्पनीले पुनः ३९.३६% हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले १ः०.३९.३६ अनुपातमा १ अर्ब ८ करोड ६० लाख रुपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति मागेको हो । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ ।
 
यसअघि, कम्पनीले गत जेठ २० देखि असार १३ गतेसम्म ५६ लाख ७० हजार कित्ता (२९%) हकप्रद सेयर बिक्री खुला गरेको थियो । त्यस्तै, कम्पनीले गत वर्षको कात्तिक १४ गतेदेखि मंसिर ४ गतेसम्म पनि ५६ लाख ७० हजार कित्ता (४७%) हकप्रद सेयर बिक्री खुला गरेको थियो । 
 

Post Your Comment