नेपाली पैसा
काठमाडौं : चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा
अपि पावर कम्पनीको खुद नाफा ३७.७२% ले बढेर १७ करोड ३८ लाख ९१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १२ करोड ६२ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी बढेसँगै खुद नाफा बढेको हो ।
यसअवधिमा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी ५१.०१% ले बढेर ४३ करोड ५० लाख ९६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले विद्युत् बिक्रीबाट २८ करोड ८१ लाख १७ हजार रुपैयाँ आम्दानी गरेको थियो । चैत मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ४० पैसा र प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ ५४ पैसा छ ।