Market Closed

अभियान लघुवित्तको आइपीओमा पर्यो १७.९१ गुणा बढी आवेदन

05 Aug,2022
  • ipos_news_8_5_2020_7_38_07_1_28_2022_9_40_00_3_22_2022_10_10_41_3_31_2022_5_15_23_8_5_2022_8_36_25_8_5_2022_2_27_35.jpg
नेपाली पैसा

काठमाडौं : अभियान लघुवित्तको आइपीओमा १ अर्ब ६३ करोड ६६ लाख ६२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज शुक्रबार दिउँसो १ः४६ बजेसम्ममा १४ लाख ३० हजार ४०६ जनाले १ करोड ६३ लाख ६६ हजार ६२० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागभन्दा १७.९१ गुणा बढी आवेदन हो । कम्पनीले साउन १८ गते देखि ९ करोड ७५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित मूल्यका दरले ९ लाख ७५ हजार कित्ता साधारण सेयर निष्कासन गरेको । 
 
यो मध्ये ५% अर्थात् ४८ हजार ७५० कित्ता सामुहीक लगानी कोष र ०.५% अर्थात् १२ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ९ लाख १३ हजार ७५० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा साउन २२ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । 
 
लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । इक्रा नेपालले लघुवित्तलाई इक्राएनपी इस्यूअर रेटिङ’ डबल बी माइनस प्रदान गरेको छ । सले कम्पनीको दायित्व बहन पुरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ । यो आइपीओमा मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
 

Post Your Comment