नेपाली पैसा
काठमाडौं : चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा
वरुण हाइड्रोपावरको खुद नाफामा आकर्षक वृद्धि भएको छ । यसअवधिमा यसको खुद नाफा ३०५.९२% ले बढेर २ करोड १४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ५२ लाख ७२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी बढेसँगै खुद नाफा बढेको हो ।
एक वर्षमा विद्युत् बिक्रीबाट हुने आम्दानी ५२.५७% ले बढेर ६ करोड ९९ लाख ९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा यसले विद्युत् बिक्रीबाट ४ करोड ५८ लाख २२ हजार रुपैयाँ कमाएको थियो । चैत मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी वार्षिक ११ रुपैयाँ ८३ पैसा र प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ ८६ पैसा छ ।