नेपाली पैसा
काठमाडौं : बैंक अफ काठमान्डूको ६% बोनस सेयरमा मूल्य समायोजन भएको छ । समायोजनपछि यसको भाउ प्रतिकित्ता २१४ रुपैयाँ २५ पैसा कायम भएको छ । बैंकको अन्तिम कारोबार मूल्य २२७ रुपैयाँ १० पैसालाई आधार मानेर यसको मूल्य समायोजन गरिएको हो । यसले गत वर्षको मुनाफाबाट सेयरधनीहरुलाई ६% बोनस सेयर र १४.९५% नगद लाभांश (करसहित) प्रस्ताव गरेको छ ।
प्रस्तावित लाभांश बैंकको मंसिर २३ गते बस्ने साधारण सभाले पारित गर्नेछ । हाल ग्लोबल आइएमई र बैंक अफ काठमान्डूसँग एक आपसमा मर्जर प्रक्रियामा रहेका छन् । दुवै बैंकको असार २ गतेदेखि सेयर कारोबार रोक्का रहेको छ ।