Market Closed

सिभिल बैंकको सीइओमा सुनिल कुमार पोखरेल नियुक्त, ४ वर्षे कार्यकाल

11 Jun,2021
  • CBL_CEO_1_6_11_2021_1_22_32.jpg
नेपाली पैसा

काठमाडौं : सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा सुनिल कुमार पोखरेल नियुक्त भएका छन् । बैंकले आगामी असार १८ गतेदेखी लागू हुने गरी उनलाई नियुक्त गरेको हो । बैंक सञ्चालक समितिको जेठ २७ गते बसेको बैठकले पोखरेललाई आगामी ४ वर्षे कार्यकालका लागि सीइओ नियुक्त गरेको हो । 
 
पोखरेल हाल सिभिल बैंकमा निमित्त सीइओको रुपमा कार्यरत रहेका छन् । सिभिलमा यसअघिका सीइओ गोविन्द गुरुङले छोडेपछि सीइओ पद खाली थियो । करिब तीन दशकदेखि बैंकिङ क्षेत्रमा सक्रिय पोखरेलसँग नेपाल तथा विदेशका बैंकमा काम गरेको अनुभव छ । 
 

Post Your Comment