Market Closed

सिभिल बैंकले बढायो हौसला, नाफा १६२.६१% ले बढ्दा यस्तो छ अरु सूचकको प्रगति

06 Aug,2022
  • Civil-Bank-Ltd_6_12_2018_12_39_43_1_28_2021_4_25_08_8_15_2021_4_17_57_12_24_2021_10_47_39_12_31_2021_4_37_55_1_23_2022_9_05_16_8_6_2022_8_49_46.jpg
नेपाली पैसा

काठमाडौं : गत आर्थिक वर्षको चौथो त्रैमासमा सिभिल बैंकले १ अर्ब ३८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा १६२.६१% धेरै हो । गत वर्ष बैंकले ५२ करोड  ७२ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकको खुद ब्याज ६४.३१% र सञ्चालन नाफा  १३९.२५% ले बढेको छ । यसले गर्दा नाफा बढ्न टेवा पुगेको छ ।  

असार मसान्तसम्म बैंकको वितरणयोग्य नाफा पनि १०१.८३% ले बढाएर १ अर्ब ६३ लाख रुपैयाँ पुर्याएको छ । यसको खराब कर्जा १.०८% रहेको छ । कस्ट अफ फन्ड ७.५९% छ । बैंकको प्रतिसेयर आम्दानी १० रुपैयाँ ७९ पैसाले बढेर १५ रुपैयाँ २६ पैसा (वार्षिक) कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ४३ पैसा रहेको छ ।

Post Your Comment