Market Closed

सेन्चुरी बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

18 May,2022
  • debenture_1_8_2020_4_25_30_8_18_2021_4_57_34_12_12_2021_4_20_49_3_9_2022_2_25_39_4_17_2022_11_57_06.jpg
नेपाली पैसा

काठमाडौं  : सेन्चुरी बैंकको ऋणपमा आवेदन दिने आज बुधबार (जेठ ४ गते) अन्तिम दिन हो । आज कार्यालय समयभित्र यसमा आवेदन दिन सकिनेछ । बैंकले वैशाख २१ गतेदेखि २ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा २२ लाख इकाई ऋणपत्र जारी गरेकोे हो । 

यसमध्ये ६०% अर्थात् १३ लाख २० हजार इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । बाँकी ८ लाख ८० हजार इकाई सर्वसाधारणका लागि खुला गरेको हो । यो मध्ये १० हजार कित्ता म्युचुअल फन्डलाई छुट्याएको छ । सेन्चुरीले १० वर्ष अवधिको ‘सेञ्चुरी डिबेन्चर २०८८’ जारी गर्न लागेको हो । 

यसमा वार्षिक १०.५०% ब्याजदर दिने बैंकले जानकारी दिएको छ । बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गरेको छ । न्यूनतम २५ इकाईदेखि अधिकतम ८ लाख ७० हजार इकाईसम्म आवेदन दिन सकिनेछ । यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।
 
 

Post Your Comment