Market Closed

सीइडीबीका संस्थापक र कर्मचारीले ३ वर्षसम्म सेयर बिक्री गर्न नपाउने

11 Jun,2021
  • 1_6_11_2021_1_57_59.jpg
नेपाली पैसा
 
काठमाडौं : सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको संस्थापक र कर्मचारीको सेयरमा लकिङ पिरियड लागू भएको छ । अब ३ वर्षसम्म कम्पनीका संस्थापक र कर्मचारीले सेयर बिक्री गर्न पाउने छैनन् । आइपीओ बाँडफाँट भएको मिति (वैशाख ३१ गते) देखि २०८१ वैशाख ३० गतेसम्म उक्त सेयर लकिङ भएको छ । सीइडीबीले जेठ २५ गते आइपीओ नेप्सेमा सूचीकरण गराएको छ ।
 
सीइडीबीले वैशाख १७ गतेबाट २१ गतेसम्म कुल २५ लाख १८ हजार २३० कित्ता आइपीओ निष्कासन गरेको थियो । जसमध्ये कम्पनीले २% अर्थात ५० हजार ३६५ कित्ता सेयर कर्मचारी र ५% ले हुने १ लाख २५ हजार ९११ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको थियो । बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिएका थिए । आइपीओ बिक्रीपछि यसको चुक्ता पुँजी ८३ करोड ९४ लाख रुपैयाँ पुगेको छ । 

Post Your Comment