Market Closed

नागरिक लगानी कोषको ३ लाख ५४ हजार कित्ता सेयर लिलामी बिक्री खुला

05 Mar,2021
  • CIT-img_new_2_14_2019_4_22_02_1_12_2021_9_35_34_2_1_2021_8_43_38_3_5_2021_9_25_24.jpg
नेपाली पैसा 

काठमाडौं  : नागरिक लगानी कोषले आज शुक्रबार (फागुन २१ गते) देखि ३ लाख ५४ हजार १५०.०५ कित्ता सेयर लिलामी बिक्री खुला गरेको छ । कोषले ८२.८४% हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको सेयर लिलामी प्रक्रियाबाट बिक्री खुला गरेको हो । यसमा व्यक्ति, कम्पनी तथा संघसस्थाले बोलपत्र पेश गर्न सक्नेछन् । 
 
बोलपत्र पेश गर्ने अन्तिम म्याद चैत २ गते तोकिएको छ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । न्यूनतम १० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाइन्छ ।
 
बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ, टेकु काठमाडौं तथा नागरिक लगानी कोषको कार्यालय, नयाँ वानेश्वर काठमाडौं र यसका विराटनगर र पोखरा शाखाबाट बोलपत्र पेश गर्न सकिनेछ । यसैगरी, राष्ट्रिय वाणिज्य बैंकका विभिन्न शाखा कार्यालयहरुमा पनि बोलपत्र बुझाउन पाउने व्यवस्था रहेको छ
 

Post Your Comment