Market Closed

नागरिक लगानी कोष ३३ औं वर्षमा, लगानी २ खर्बभन्दा बढी

19 Mar,2023
  • 1_(1)_3_19_2023_8_11_47.jpg
नेपाली पैसा

काठमाडौं : नागरिक लगानी कोषको ३३ औं वार्षिकोत्सव सम्पन्न भएको छ । आज कोषको कार्यालयमा एक समारोहको आयोजना गरी कोषले वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सव समारोहमा अर्थमन्त्रालयका राजस्व सचिव डा. रामप्रसाद घिमिरेले वार्षिकोत्वको दिन कोषलाई थप उचाइमा पुर्याउन प्रतिज्ञा गर्नुपर्ने बताए । कोषले बचत गर्ने र लगानी गर्ने आवसरका रुपमा लिएर अगाडि बढ्नुपर्ने उनले बताएका थिए । अनलाइन प्रणालीमा गएपछि सेवामा तिब्रता आएको तर सबै राम्रो भएको भन्न भने नमिल्ने उनको भनाइ थियो ।
 
‘अनलाईन प्रणालीमा जोखिम भएकाले सुरक्षित बनाउन जरुरी छ, बचतकर्ताको गोपनियता राख्न सक्नुपर्छ, प्रतिस्पर्धात्मक भएर गुणस्तर कामय गर्नुपर्छ’, उनले भने । नेपालको अर्थतन्त्र संकटमा नभएको, राजस्व संकलन घटेपनि अर्थतन्त्रमा सुधारका संकेत देखिएको सचिव घिमिरेले बताएका थिए ।

कार्यक्रममा कोष संचालक समितिका अध्यक्ष प्रा डा सूर्यबहादुर थापाले कोषले आफुलाई अझ सुदृढ बनाउँदै राष्ट्रिय आकांक्षा पुरा गर्नेतर्फ काम गरिरहेको बताए । उनले भोलिको दिनमा देशको आर्थिक बृद्धिदरमा टेवा पु¥याउने एवं रोजगारी सिर्जन गर्न कृषि, पर्यटन, उर्जा र पूर्वाधार निर्माणजस्ता उत्पादनशील क्षेत्रमा लगानीलाइ विस्तार गर्दै लैजानुपर्नेमा जोड दिए । 

त्यस्तै, कोषका कार्यकारी निर्देशक रमण नेपालले चालु आर्थिक बर्षको पुस मसान्तसम्म कोषको खुद बचत परिचालन रकम २ खर्ब ६ अर्ब १९ करोड रुपैँया रहेकोमा उक्त अवधिमा कोषले २ खर्ब ५ अर्ब ६९ करोड रुपैया लगानी गरेको बताए । समारोहमा कोषमा २० वर्ष भन्दा धेरै समय सेवा गरेका र सेवा निवृत्तलाई सम्मान गरिएको थियो ।
 

Post Your Comment