Market Closed

सिटिजन्स म्युचुअल फन्ड २ को न्याभ कति ?

30 Nov,2021
  • mutual_11_1_2019_3_31_11_8_29_2021_12_00_48_8_30_2021_10_18_20_10_1_2021_11_52_27_11_30_2021_11_56_35.png
नेपाली पैसा

काठमाडौं  : सिटिजन्स म्युचुअल फन्ड–२ को न्याभ कात्तिक मसान्तसम्म १२ रुपैयाँ २८ पैसा कायम भएको छ । यो साउनको भन्दा १३ पैसाले धेरै हो । असोजमा यस फन्डको न्याभ १२ रुपैयाँ १५ पैसा रहेको थियो । कात्तिक मसान्तसम्म आइपुग्दा यस फन्डको सूचीकृत कम्पनीको सेयरमा लगानी भने घटेको छ । १ महिनाको अवधिमा सूचीकृत कम्पनीको सेयरमा लगानी ३ करोड ३ लाख रुपैयाँले घटेर ४८ करोड ४९ लाख रुपैयाँमा झरेको छ । 
 
असोजमा यसको ५१ करोड ५३ लाख रुपैयाँ सेयरमा लगानी रहेको थियो । कात्तिक मसान्तसम्म आइपुग्दा यस फन्डको बैंक मौज्दात भने बढेको छ । यसअवधिमा बैंक मौज्दात ७ करोड २२ लाख रुपैयाँबाट बढेर ९ करोड १३ लाख रुपैयाँ कायम भएको छ । कात्तिकसम्म यस फन्डले ४२ कम्पनीको सेयरमा लगानी गरेको छ । सबैभन्दा धेरै नबिल बैंकको सेयरमा लगानी गरेको छ । यस बैंकको ३७ हजार १४० कित्ता सेयरमा ५ करोड ७९ रुपैयाँ लगानी रहेको हो । 
 

Post Your Comment