नेपाली पैसा
काठमाडौं : आदर्श लघुवित्तको सेयर कारोबार फुकुवा भएको छ । कम्पनीले मंसिर ११ गते कारोबार फुकुवा गर्न पत्र पठाएपछि नेप्सेले कम्पनीको आधारभूत सेयरधनीबाहेकका सेयरधनीको सेयर कारोबार फुकुवा गरेको हो । अब यसको कारोबार बिहीबार (मंसिर १५ गते) देखि पुनः सुरु हुनेछ । डिप्रोक्स लघुवित्तले प्राप्ति (एक्विजिशन) गर्ने भएपछि असोज १४ गतेबाट यसको कारोबार रोक्का रहेको थियो ।
यी दुई संस्थाले असोज १४ गते प्राप्ति सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । प्राप्ति सम्बन्धि समझदारी पत्रमा डिप्रोक्स लघुवित्तका अध्यक्ष दिपक खनाल र आदर्श लघुवित्तका अध्यक्ष सूर्यकुमारी श्रेष्ठले हस्ताक्षर गरेका छन् । हाल डिप्रोक्स लघुवित्तको चुक्ता पुँजी १ अर्ब १५ करोड ६२ लाख ४८ हजार रुपैयाँ रहेको छ भने आदर्श लघुवित्तको २ करोड ७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ ।