नेपाली पैसा
काठमाडौं : डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले प्रस्ताव गरेको २०% लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति प्रदान गरेको छ । अब, कम्पनीको वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीले लाभांश हात पार्नेछन् । तर, कम्पनीले हालसम्म एजीएम बस्ने मितिबारे जानकारी भने गराएको छैन । डिप्रोक्सले गत वर्षको नाफाबाट १५% बोनस सेयर र ५% नगद लाभांश दिने घोषणा गरेको छ ।
डिप्रोक्सले हाल कायम १ अर्ब ५४ लाख ३३ हजार ५७४ रुपैयाँ चुक्ता पुँजीमा बोनस सेयर तथा नगद लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित बोनस वितरणपछि यस लघुवित्तको चुक्ता पुँजी १ अर्ब १५ करोड ६२ लाख ४८ हजार ६१० रुपैयाँ पुग्नेछ । गत वर्ष भने डिप्रोक्सले ३०% बोनस सेयर र १५% नगद लाभांश दिएको थियो ।