Market Closed

आकर्षक लाभांश घोषणा गर्दै लघुवित्त, हालसम्म कुनको कति ?

07 Oct,2021
  • dividend_9_6_2019_12_20_00.jpg
नेपाली पैसा
 
काठमाडौं : पछिल्लो समय सूचीकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गरेका छन् । यसैबीच नेप्सेमा सूचीकृत १५ लाघुवित्त कम्पनीले पनि गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेका छन् । हालसम्म अधिकांश लघुवित्तको लाभांश आकर्षक देखिएको छ । घोषणा गर्ने मध्ये डिप्रोक्स लघुवित्तको बुक क्लोज भइसकेको छ । अरु कम्पनीको भने बुक क्लोजको मिति तय हुन बाँकी रहेको छ । डिप्रोक्सले भने असोज २३ गते हुने वार्षिक साधारण सभाका लागि असोज १२ गते नै बुक क्लोज गरिसकेको छ ।
 
सेयर बजारमा हाल लाभांशको सिजन चलिरहेको छ । नियामकीय प्रावधान अनुसार चालु आर्थिक वर्ष सुरु भएको ६ महिना अर्थात पुस मसान्त भित्र वार्षिक साधारण सभा सम्पन्न गरिसक्नुपर्ने हुन्छ । तसर्थ, सूचीकृत कम्पनीहरु धमाधम प्रतिफल घोषणा गरी साधारण सभाको तयारीमा छुटेका छन् । अर्कोतर्फ, सेयर बजारका लगानीकर्तालाई पनि छोटो प्रतिफल हात पार्ने मौका मिलेको छ । 
 
समायमा प्रतिफल दिने कम्पनीहरु लगानीकर्ताको आँखामा पर्ने गर्दछन् । प्रतिफल नदिने कम्पनीहरुलाई सामान्यतयः राम्रो मानिदैन । यस्तै, समयमा साधारण सभा गरी लाभांश वितरण गर्न सक्ने कम्पनीलाई संस्थागत सुशासन राम्रो भएको मान्न सकिन्छ । लगानीकर्ताले यस्ता कम्पनी छनोट गर्ने एउटा प्रमुख आधार हुन सक्छ ।
 
गत वर्षको भन्दा लाभांशको दर बढ्यो, धेरै लाभांश दिनेमा स्वाभिमान लघुवित्त
 
हालसम्म नेप्सेमा सूचीकृत १५ लघुवित्त कम्पनीहरुले गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गरेका कम्पनीको लाभांशको दर गत अघिल्लो वर्षको तुलनामा यो वर्ष बढेको छ । यसअवधिमा सबैभन्दा धेरै लाभांश घोषणा गर्नेमा स्वाभिमान लघुवित्त रहेको छ । 
 
यसले गत वर्षको नाफाबाट ३२.३०% बोनस सेयर र कर प्रयोजनको लागि १.७०% नगद लाभांश गरि कुल ३४% लाभांश दिने घोषणा गरेको छ । हालसम्म लाभांश घोषणा गरेका कम्पनीहरु हेर्दा लघुवित्त कम्पनीहरुले यस वर्ष नगद लाभांशलाई भन्दा बोनस सेयरलाई प्राथमिकता दिएको देखिएको छ । हेरौं कुन कम्पनीले कति लाभांश घोषणा गरेका छन् ? 

Post Your Comment