Market Closed

डिप्रोक्स लघुवित्तको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम मौका

07 Jul,2022
  • Auction_8_1_12_2_5_2020_1_08_29_6_16_2022_11_16_14_6_30_2022_10_14_26_7_7_2022_9_11_25.jpg
नेपाली पैसा 
 
काठमाडौं : डिप्रोक्स लघुवित्तको १ लाख २८ हजार ८१२ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज (असार २३ गते) अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यसमा न्यूनतम मूल्य प्रतिकित्ता ५०८ रुपैयाँ निर्धारण गरिएको छ । आवेदनकले यही मूल्यलाई न्यूनतम आधार मानेर यही वा यसभन्दा बढी भाउ कबोल गरी बोलपत्र पेश गर्नुपर्नेछ । यस लिलामी सेयरमा कम्पनीकै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।
 
आवेदकले बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट, काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । लिलामी सेयरको आवेदन असार २४ गते बिहान १० बजे एनआइबीएल एस क्यापिटल लाजिम्पाट, काठमाडौंमा खोलिनेछ ।
 

Post Your Comment