Market Closed

एभरेष्ट बैंकले पुस १ मा डाक्यो एजीएम, बुक क्लोज कहिले ?

25 Nov,2021
  • Everest-bank-Ltd_8_3_2018_10_49_17_1_30_2020_10_03_40_1_28_2021_7_54_50_2_22_2021_1_04_59_10_29_2021_12_25_13_11_25_2021_8_56_36.jpg
नेपाली पैसा

काठमाडौं  : एभरेष्ट बैंकको २७ औं वार्षिक साधारण सभा पुस १ गते हुने भएको छ । सभा बैंकको केन्दीय कार्यालय लाजिम्पाट काठमाडौंमा बिहान ११.३० बजेदेखि सभा सुरु हुनेछ । बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई ६% बोनस सेयर र कर प्रयोजन सहित गरेर ४.४०% नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्दैछ । बोनस वितरणपछि चुक्ता पुँजी वृद्धि हुने भएकोले प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने एजेन्डा पनि छ । 
 
आर्थिक वर्ष २०७७–७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर  १७ गते बुक क्लोज गर्दैछ । मंसिर १६ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् ।
 

Post Your Comment