Market Closed

एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप, अब माघ १७ गतेसम्म पाइने

20 Jan,2022
  • Everest-bank-Ltd_8_3_2018_10_49_17_1_30_2020_10_03_40_1_28_2021_7_54_50_2_22_2021_1_04_59_10_29_2021_12_25_13_11_25_2021_8_56_36.jpg
नेपाली पैसा 
 
काठमाडौं : एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थपिएको छ । अब लगानीकर्ताले माग १७ गतेसम्म भर्न सक्नेछन् । यसअघि छिटोमा माघ ६ गते बिहीबारसम्म समय दिइएको थियो । यसअवधिमा सबै नबिकेपछि अन्तिम समय अर्थात् माघ १७ गतेसम्म नै पुर्याइएको हो । यसले माघ ३ गतेबाट ऋणपत्र बिक्री खुला गरेको हो । बैंकले २० लाख युनिट (इकाई) ऋणपत्र बिक्री खुला गरेको हो ।

यसमध्ये १२ लाख युनिट ऋणपत्र व्यक्तिगत तवरबाट तथा बाँकी ८ लाख युनिट सर्वसाधारणका लागि खुला गरिएको छ । यसबाट सामूहिक लगानी कोषलाई ५% छुट्याएको छ । सामूहिक लागानी कोषहरुले कुल ४० हजार इकाई पाउनेछन् । सर्वसाधारणले बाँकी ७ लाख ६० हजार युनिटका लागि आवेदन दिन सक्नेछन् ।
 
यस ऋणपत्रमा वार्षिक ८.५% ब्याजदर पाइनेछ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्नेछ । यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम १ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । बैंकले ८ वर्ष अवधिको एभरेष्ट बैंक डिबेन्चर २०८६’ नाममा ऋणपत्र जारी गरेको हो ।

यसमा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यपिटलले गरेको छ । यो ऋणपत्रलाई रेटिङ एजेन्सी कियर नेपालले न्यून कर्जा जोखिम जनाउने ‘कियर एनपी एए माइनस’ रेटिङ दिएको छ ।  यसमा सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

Post Your Comment