Market Closed

एभरेष्ट इन्सुरेन्सको बोनस सेयर घोषणा

05 Mar,2021
  • everest-insurance-company_7_12_2018_4_39_32_2_9_2021_9_02_59.jpg
नेपाली पैसा
 
काठमाडौं : एभरेष्ट इन्सुरेन्स कम्पनीले ८% बोनस सेयर दिने घोषणा गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट ८% बोनस सेयर र कर प्रयोजनका लागि ०.४२% नगद लाभांश दिने निर्णय गरेको हो । प्रस्तावित बोनस नियामक बिमा समिति र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।
 
कम्पनीले हाल कायम १ अर्ब ९ करोड ५९ लाख ३० हजार रुपैयाँ चुक्ता पुँजीमा उक्त बोनस प्रस्ताव गरेको हो । प्रस्तावित ८% बोनस सेयर वितरणपछि चुक्ता पुँजी १ अर्ब १८ करोड ३६ लाख ४ हजार ४०० रुपैयाँ पुग्नेछ । 



Post Your Comment