Market Closed

एभरेष्ट इन्सुरेन्सको खुद नाफा बढ्यो, इपीएस कति ?

14 May,2021
  • everest-insurance-company_7_12_2018_4_39_32_5_3_2021_9_14_50.jpg
नेपाली पैसा
 
काठमाडौं : एभरेष्ट इन्सुरेन्स कम्पनीले ११.२१% ले खुद नाफा वृद्धि गर्दै चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १४ करोड ८२ लाख ८७ हजार रुपैयाँ कमाएको छ । कम्पनीले गत वर्षको यसै अवधिमा भने १३ करोड ३३ लाख ४१ हजार रुपैयाँ मात्र खुद नाफा गरेको थियो । एभरेष्टले रिजर्भ कोषमा ६७.७९% वृद्धि गरी ३४ करोड ८७ लाख १८ हजार रुपैयाँ जम्मा गरेको छ । 
 
बिमा कोषमा पनि ३६.३८% ले सुधार हुँदै ४० करोड ८ लाख ८७ हजार रुपैयाँ पुगेको छ । खुद बिमा शुल्क १५.०९% ले बढेको छ । प्रतिसेयर आम्दानी १ रुपैयाँ ६५ पैसाले बढेर १८ रुपैयाँ ४ पैसा कायम भएको छ । यस्तै, प्रतिसेयर नेटवर्थ पनि २२ रुपैयाँ ४९ पैसाले बढेर १६८ रुपैयाँ ४० पैसा पुगेको छ ।

Post Your Comment