इमर्जिङ नेपालले एक वर्षमा १ करोड १५ लाख नाफा कमाउँदा अन्य सूचक यस्ता

05 Aug,2022
  • report_8_19_2019_2_00_58_8_5_2022_10_51_16.jpg
नेपाली पैसा

काठमाडौं : इमर्जिङ नेपाल लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । यस कम्पनीले असार मसान्तसम्म १ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ०.३५% थोरै हो । अघिल्लो वर्ष भने यसले १ करोड १६ लाख खुद नाफा गरेको थियो ।
 
सञ्चालन आम्दानी २९ लाख ९४ हजार रुपैयाँबाट घटेर १० लाख रुपैयाँमा सीमित भएको छ । अन्य स्रोतबाट आम्दानी भने १ करोड ३२ लाख रुपैयाँबाट बढेर २ करोड ६३ लाख पुगेको छ । यद्दपि, अन्य प्रहासनिक खर्चमा उल्लेख्य वृद्धि हुँदा नाफा प्रभावित भएको देखिन्छ । अघिल्लो वर्ष ११ लाख ७५ हजार रुपैयाँ मात्र रहेको अन्य प्रशासनिक खर्च अहिले ९२ लाख २२ हजार रुपैयाँ पुगेको छ ।
 
हाल यसको चुक्ता पुँजी ५५ करोड ५६ लाख रुपैयाँ रहेको छ । यसको रिजर्भ कोषमा ३ करोड ७१ लाख रुपैयाँ जम्मा भएको छ । गत वर्ष रिजर्भमा २ करोड ५५ लाख रुपैयाँ मात्र थियो । यसको प्रतिसेयर आम्दानी २ रुपैयाँ ०८ पैसा र प्रतिसेयर नेटवर्थ १०६ रुपैयाँ ६८ पैसा रहेको छ ।
 

Post Your Comment