नेपाली पैसा
काठमाडौं : फर्स्ट माइक्रोफाइनान्सले गत आर्थिक वर्षको नाफाबाट कुल २०% लाभांश घोषणा गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई १९% बोनस सेयर र कर तिर्न १% नगद लाभांश दिने निर्णय गरेको हो । प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । गत वर्ष यसले १०% बोनस सेयर र कर तिर्न ०.५३% नगद लाभांश वितरण गरेको थियो ।