Market Closed

गणपति लघुवित्तको मूल्य समायोजन

26 Feb,2021
  • Price_adjustment_12_4_2019_10_30_54.jpg
नेपाली पैसा

काठमाडौं : गणपति लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको १५% बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । समायोजनपछिको भाउ १५ सय ४२ रुपैयाँ निर्धारण भएको छ । यहि भाउलाई आधार मानेर आइतबार कम्पनीको सेयर कारोबार खुल्नेछ । 

 
नेप्सेले अघिल्लो कारोबार दिन बिहीबारको अन्तिम कारोबार मूल्य १७ सय ७३ सय रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । फागुन २८ गते साधारण सभा बोलाएको कम्पनीले आज (फागुन १४ गते) देखि बुक क्लोज गरेको छ । यसर्थ, बिहीबार (फागुन १३ गते) सम्म कायम सेयरधनीले कम्पनीले वितरण गर्ने १५% बोनस सेयर र कर प्रयोजनको लागि ०.७९% लाभांश हात पार्नेछन् ।
 

Post Your Comment