Market Closed

गरिमा विकास बैंकको वितरणयोग्य नाफामा भारी बढोत्तरी

20 Apr,2021
  • garima_7_2_2017_11_07_11.jpg
नेपाली पैसा 

काठमाडौं : चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा गरिमा विकास बैंकको खुद नाफा ३६.६३% ले बढेर ६७ करोड ८२ लाख ७६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा बैंकले ४९ करोड ६४ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । चैत मसान्तसम्म आइपुग्दा बैंकको वितरणयोग्य नाफा ४९ करोड २ लाख ९८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा बैंकको वितरणयोग्य नाफा ७ करोड ७३ लाख ९० हजार रुपैयाँ मात्रै थियो । 

बैंकको खुद ब्याज आम्दानी ९.६४% ले बढेर १ अर्ब ३५ करोड ४६ लाख ९७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब २३ करोड ५५ लाख ८२ हजार रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो । बैंकको सञ्चालन नाफा ३६.९६% ले बढेर ९६ करोड ८९ लाख २१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले ७० करोड ७४ लाख ११ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो ।

चैत मसान्तसम्म बैंकले ५९ अर्ब २० करोड ५४ लाख ३८ हजार रुपैयाँ निक्षेप संकलन गरेर ५० अर्ब २९ करोड ७० लाख ८२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । गरिमाको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ६० पैसा र प्रतिसेयर नेटवर्थ १३८ रुपैयाँ ९२ पैसा छ । 
 

Post Your Comment