Market Closed

गरिमा विकास बैंकको संस्थापक सेयर लिलामी खुला

11 Aug,2022
  • Auction_8__8_11_2022_11_17_10.jpg
नेपाली पैसा 
 
काठमाडौं : गरिमा विकास बैंकले आज बिहीबार (साउन २६ गते) देखि १ लाख ९ हजार ८११ कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको छ । कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम भाउ १०० रुपैयाँ तोकेको छ । तसर्थ, लगानीकर्ताले १०० रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी लिलामीको बोलपत्र पेश गर्नुपर्नेछ । 
 
उक्त संस्थापक सेयरमा यसै कम्पनीको इच्छुक संस्थापक सेयरधनीले भदौ ३१ गतेसम्म आवेदन दिन सक्नेछन्। लगानीकर्ताले बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लिमिटेड लाजिम्पाट, काठमाडौं र गरिमा विकास बैंकका विभिन्न शाखा कार्यलयबाट बोलपत्र आवेदन फारम बुझाउन सक्नेछन् । यसमा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

Post Your Comment