Market Closed

ग्लोबल आइएमई बैंकको १ अर्ब ५० करोडको ऋणपत्र आउने, रेटिङ सम्पन्न

17 Jan,2020
  • debenture_1_17_2020_3_13_17.jpg
नेपाली पैसा 
 
काठमाडौं : ग्लोबल आइएमई बैंकले १ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र ल्याउने भएको छ । बैंकले १५ लाख इकाई ऋणपत्र निष्कासनका लागि रेटिङ समेत सम्पन्न गरेको छ । इक्रा नेपालले यो ऋणपत्रलाई न्यून जोखिम जनाउने ‘इक्रा एनपी एलए’ रेटिङ दिएको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा १५ लाख इकाई ऋणपत्र बिक्री गर्ने तयारी गरिरहेको छ ।

ऋणपत्र ल्याउन यसले रेटिङ गराए पनि हालसम्म धितोपत्र बोर्डमा आवेदन भने दिएको छैन । नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि बिक्री प्रक्रिया अघि बढ्नेछ । धितोपत्र बोर्डको व्यवस्था अनुसार कुल निष्कासित इकाईको ४०% ऋणपत्र अनिवार्य रुपमा सर्वसाधारणमा जारी गर्नुपर्छ ।

ग्लोबल आइएमईको नगद लाभांश पुग्यो सेयरधनीको बैंक खातामा

ग्लोबल आइएमई बैंकको ७ करोड २० लाख कित्ता सेयर नेप्सेमा सूचीकरण

ग्लोबल र जनताको एकीकृत कारोबार सुरु

ग्लोबल आइएमई बैंकको आकर्षक प्रगति, नाफा ४०.५५% बढ्यो, अरु पनि सुधार

 
 
 

Post Your Comment