नेपाली पैसा
काठमाडौं : ग्लोबल आइएमई लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार यसको खुद नाफा २२.२५% ले बढेको छ । गत वर्ष १२ करोड रुपैयाँ नाफा कमाएको यसले यो त्रैमासमा बढाएर १४ करोड रुपैयाँ पुर्याएको छ । कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेकाले खुद नाफा बढ्न टेवा पुगेको हो ।
कम्पनीले खुद ब्याज आम्दानी ५४.४१% र सञ्चालन नाफा १३.१२% ले बढाउन सफल भएको छ । पुस मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी ५२ करोड २५ लाख रुपैयाँ र जगेडा कोषमा ३६ करोड ५४ लाख रुपैयाँ छ । एक वर्षको अवधिमा प्रतिसेयर आम्दानी भने १९ रुपैयाँ ६ पैसाले घटेर ५३ रुपैयाँ ५३ पैसा कायम भएको छ । गत वर्ष यसको प्रतिसेयर आम्दानी ७३ रुपैयाँ १३ पैसा थियो । यसको प्रतिसेयर नेटवर्थ १६६ रुपैयाँ १३ पैसा छ ।