Market Closed

ग्रीनलाईफ हाइड्रोपावरले माघ २१ मा बोलायो एजीएम, कहिले हुँदैछ बुक क्लोज ?

14 Jan,2022
  • AGM_6_19__2_28_2020_11_27_08_1_15_2021_9_47_23_1_24_2021_12_41_18_1_14_2022_10_23_43.jpg
नेपाली पैसा 

काठमाडौं : ग्रीनलाईफ हाइड्रोपावरले माघ २१ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा अम्रपाली ब्यांकेट बालुवाटार, काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सुरु हुने कम्पनीले जनाएको छ । सभामा संस्थापक समूहको तर्फबाट ५ जना र सर्वसाधारण समूहको तर्फबाट २ जना सञ्चालक नियुक्त गर्ने प्रस्ताव रहेको छ । 
 
आर्थिक वर्ष २०७७–७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७८–७९ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा छ । सभा प्रयोजनका लागि कम्पनीले माघ ९ गते बुक क्लोज गर्दैछ । माघ ८ गतेसम्म कायम सेयरधनीले उक्त सभामा सहभागी हुन सक्नेछन् ।
 

Post Your Comment