नेपाली पैसा
काठमाडौं : प्राइम लाइफ, युनियन लाइफ र गुराँस लाइफ इन्सुरेन्सको सेयर कारोबार रोक्का भएको छ । प्राइम लाइफ, युनियन लाइफ र गुराँस लाइफ इन्सुरेन्स एक आपसमा गाभिने भएपछि सेयर कारोबार रोक्का गरिएको हो । यी ३ कम्पनीहरुले वैशाख २९ गते मर्जर सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।
बिमा समितिको निर्देशनपछि अहिले बिमा कम्पनीहरु पुँजी वृद्धिको दबाबमा छन् । समितिको चैत १० गतेको निर्देशन अनुसार एक वर्षभित्रै निर्जीवन बिमा कम्पनीले २ अर्ब ५० करोड रुपैयाँ र जीवन बिमा कम्पनीहरुले ५ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउनेपर्ने हुन्छ ।
हाल प्राइम लाइफको २ अर्ब ७७ करोड, गुराँसको २ अर्ब ८ करोड र युनियन लाइफको २ अर्ब १५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ । गत साता निर्जीवन बिमा कम्पनीहरु हिमालयन जनरल इन्सुरेन्स र एभरेष्ट इन्सुरेन्सले पनि मर्जरमा जाने सहमति गरेका थिए ।