नेपाली पैसा
काठमाडौं : गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमासमा ९ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको भन्दा १२.३१% ले थोरै हो । अघिल्लो वर्ष यसले ११ करोड १७ लाख रुपैयाँ नाफा कमाएको थियो । असारसम्म आइपुग्दा कम्पनीको खुद ब्याज आम्दानी ३४.७२% ले बढेको छ । तर, सञ्चालन नाफा भने ३७.८७% ले घट्न भएको छ ।
यसको वितरणयोग्य नाफा ९ करोड ६ लाख रुपैयाँ रहेको छ । गुहेश्वरीको निक्षेप संकलन ५.०८% र कर्जा लगानी २३.३५% ले बढोत्तरी भएको छ । यसकोे खराब कर्जा बढेर ०.७६% भएको छ । अघिल्लो वर्ष खराब कर्जा ०.४३% रहेको थियो । प्रतिसेयर आम्दानी २ रुपैयाँ ६२ पैसाले घटेर १० रुपैयाँ ३१ पैसा भएको छ । गुहेश्वरीको प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ४८ पैसा छ ।