नेपाली पैसा
काठमाडौं : नेप्सेमा हिमालयन जनरल इन्सुरेन्सको ३ लाख २० हजार ४८७ कित्ता बोनस सेयर सूचीकृत भएको छ । कम्पनीले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट ३% बोनस सेयर वितरण गरेको थियो । सोही बोनस अहिले सूचीकरण गरिएको हो । बोनस वितरणपछि यसको चुक्ता पुँजी १ अर्ब १० करोड ३ लाख रुपैयाँ पुगेको हो ।