Market Closed

आइएमई लाइफ र नेष्डो समृद्ध आइपीओ अनुमति माग्न धितोपत्र बोर्डमा

22 Jun,2021
  • ipo_7_7_2020_1_56_12_10_7_2020_8_23_56_10_7_2020_5_10_14_10_8_2020_5_18_52_10_9_2020_5_24_30.jpg
नेपाली पैसा
 
काठमाडौं : आइएमई लाइफ इन्सुरेन्स र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले आइपीओ जारी गर्न धितोपत्र बोर्डमा निवेदन दिएका छन् । आइएमई लाइफले ६० करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्न नियामक नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा ६० लाख कित्ता आइपीओ जारी गर्न बोर्डसँग अनुमति मागेको हो । यसमा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल मार्केटले गर्नेछ । 
 
यो आइपीओलाई केयर रेटिङ नेपालले केयर एनपी आईपीओ ग्रेड ४ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय अवस्था औषत भन्दा कमजोर रहेको जनाउछ ।  हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । कम्पनीले यही पुँजीबाट आइपीओ बिक्री गर्न लागेको हो । आइपीओ बिक्रीपछि यसको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ । 
 
यता, नेष्डो समृद्ध लघुवित्तले पनि प्रतिकित्ता १०० रुपैयाँ दरले ८ लाख २८ हजार ७५० कित्ता आइपीओ बिक्री गर्न अनुमति मागेको छ । आइपीओ जारी गर्न ग्लोबललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।  नेष्डो समृद्धको केन्द्रीय कार्यालय पर्वत जिल्लाको कुश्मा बजारमा रहेको छ । नेष्डोलाई नेपाल राष्ट्र बैंकले “घ” वर्गको राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्थाको रुपमा इजाजत दिएको छ । यसको अधिकृत पुँजी ५० करोड रुपैयाँ र जारी पुँजी २५ करोड ५० लाख रुपैयाँ रहेको छ ।
 
संस्थापक समूहको हिस्सा ७०% सेयर छ । यस लघुवित्तमा दुई वटा संस्था र ८१ जना संस्थापक सेयरधनीहरुले १७ करोड २१ लाख २५ हजार रुपैयाँ बराबरको सेयर पुँजी चुक्ता गरिसकेका छन् । कम्पनीले जारी पुँजीको ३०% सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । 

Post Your Comment