Market Closed

जनउत्थान लघुवित्तको ४९.४०% बोनस प्रस्तावसहित वैशाख ३० गते एजीएम, बुक क्लोज कहिले ?

20 Apr,2021
  • AGM_(1)_7_11_2020_10_38_21.jpg
नेपाली पैसा
 
काठमाडौं : जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले वैशाख ३० गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभामा ४९.४०% बोनस सेयर र कर तिर्न २.६०% नगद लाभांश वितरण गर्ने मुख्य एजेन्डा पेश हुनेछ । साथै, बोनस सेयरपछि वृद्धि हुने चुक्ता पुँजी बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा रहेको छ । अधिकृत पुँजी १५ करोड रुपैयाँबाट बढाएर ५० करोड रुपैयाँ पुर्याइने भएको छ ।
 
यता, अन्य कुनै लघुवित्त कम्पनीसँग मर्जर वा एक्विजिसन गर्नु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि रहेको छ । यसैगरी, संस्थाको कार्यक्षेत्र १९ जिल्लाबाट बढाएर राष्ट्रियस्तरको बनाउने प्रस्ताव रहेको छ । जनउत्थानको साधारण सभा बुटवल उप महानगरपालिका, कालिकापथस्थित होटल न्यू इरामा बिहान ११ बजे सुरु हुनेछ ।
 
साधारण सभा प्रयोजनका लागि जनउत्थानले वैशाख २३ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, वैशाख २२ गतेसम्म कायम रहने सेयरधनीले मात्र साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । जनउत्थानले हाल कायम ७ करोड ९२ लाख रुपैयाँ चुक्ता पुँजीमा ४९.४०% बोनस सेयर प्रस्ताव गरेको हो । प्रस्तावित बोनस वितरणपछि पुँजी ११ करोड ८३ लाख २४ हजार ८०० रुपैयाँ पुग्नेछ ।


Post Your Comment