Market Closed

एनसीसी र कुमारी बैंकको मर्जर प्रकृया थप अघि बढ्यो : प्रस्ताव पारित गर्न दुवैको मंसिर २५ मा विशेष सभा

25 Nov,2022
  • sgm_6_16_2022_8_11_46_11_25_2022_10_15_59.jpg
नेपाली पैसा

काठमाडौं : एनसीसी र कुमारी बैंकले एकै दिन मंसिर २५ गते विशेष साधारण सभा बोलाएका छन् । एनसीसी र कुमारीले एक आपसमा मर्ज हुँदैछन् । दुवै बैंकले मुख्यरुपमा सोही प्रस्ताव राखेर विशेष सभा बोलाएका हुन् । सभामा सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा तय भएको १ः१ सेयर स्वाप रेसियोमा मर्ज हुने प्रक्रिया सम्पन्न गर्ने कार्यलाई अन्तिम स्वीकृति दिने एजेन्डा रहेको छ । 
 
मर्जपछि जारी पुँजी, चुक्ता पुँजी र सोही अनुसार सेयर संरचना परिवर्तन हुने भएकाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश हुनेछ । मर्जपछि कुमारी बैंकको नामबाट कारोबार हुनेछ । कुमारीको सभा दिउँसो १ बजे बैंकको नक्साल कार्यलयमा सुरु हुनेछ । सभा प्रयोजनका लागि कुमारीले मंसिर १५ गते बुक क्लोज गर्दैछ । 
 
यता, एनसीसीको सभा अनमोल बैंक्वेट शंखमुल काठमाडौंमा दिउँसो १ बजे नै सुरु हुनेछ । सभा प्रयोजनका लागि एनसीसीले पनि मंसिर १५ गते बुक क्लोज गर्दैछ । 
 
 

Post Your Comment